रियलमीको फेस्टिभल अफर “realme festive days” यस दशैँमा अझै उत्साहजनक उपहारको साथमा

२ बर्ष अगाडि

काठमाडौँ,  विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड रियलमीले नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसरमा “realme festive days” अफर घोषणा गरेको छ । यो अफर असोज १६ गतेदेखि शुरु भई कार्तिक ३० गते सकिनेछ । यस अफरले रियलमीका नयाँ ग्राहकहरुलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्दैछ । 

यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकहरुले बम्पर पुरस्कार मार्फत Konka 64” 4K TV jf Konka 7KG Front Washing Machine वा realme 8 प्राप्त गर्नेछन् । साथै प्रत्येक हप्ता १२ जना भाग्यशाली ग्राहकहरुले C11 2021 र प्रत्येक दिन १८० जना भाग्यशाली ग्राहकहरुले Konka 1800W Vacuum Cleaner वा Konka 1.8L Deluxe Rice cooker वा Konka 1000W Iron jf Konka 2:1 CH Home Theater speaker जित्ने मौका प्राप्त गर्नेछन् ।
 

यो अफरमा भाग लिनको लागि नयाँ उपभोक्ताहरुले QR code  स्क्यान अथवा realmecampaigns.com मा login गरी त्यहाँ भएको एउटा फारम भरी आफ्नो रियलमी फोनको IMEI नम्बर राख्नुपर्नेछ । यो अफर रियलमीका सबै स्मार्टफोनहरुमा लागु हुनेछ । लक्की ड्र मार्फत Daily Weekly / Bumper विजेताहरु को नाम रियलमीको अफिसियल फेसबुक पेज मार्फत जानकारी गराइने छ,  । यो अफर नेपालमा बसोबास गर्ने सबै नागरिकहरुको लागि खूल्ला गरिएको हो । 

रियलमी एक विश्वस्तरीय कम्पनी भएकोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुलाई लक्षित गरी नवीन उत्पादन बनाउनमा विश्वास राख्दछ । विश्वमा छैँटौ स्थानमा आफ्नो स्थान ओगटिसकेको रियलमीले नेपाली बजारलाई पनि आफ्नो प्राथमिकतामा राखेको छ । नेपालीहरुको महान् पर्व मनाउनको लागि रियलमी ले “रियलमीसँग चाडपर्वहरुको वास्तविक क्षण मनाउनुहोस्” क्याम्पेन आफ्ना उपभोक्ताहरु सँग खुशी बाड्नको लागि शुरु गरेको हो ।  

२ बर्ष अगाडि

प्रतिक्रिया