आजबाट आईपीओ निष्काशन गरेको मध्य भोटेकोशी कस्तो कम्पनी ?

२ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६७ साउनमा १३ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको हो ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं। ३ महाराजगंज, काठमाडौंमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने सिन्धुपाल्चोक जिल्लाको साविक  बाह्रबिसे नगरपालिका ५ र मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रहेको छ ।

कम्पनीले रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ । कम्पनीमा हाल चिलिमे जलविद्युत, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर र सिन्धु भोटेकोशी हाइड्रोपावर कम्पनी संस्थापक शेयरधनी रहेका छन् ।

आयोजनाको कुल लागत १६ अर्ब ९७ करोड ३२ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत १६ करोड ६४ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया