नेपाली बजारमा भित्रियो डार्क एडिसनमा क्रसफाइर २५० मोटरसाइकल, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - डार्क एडिसनमा क्रसफाइर २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । 

क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले २५० को ग्राफिक्सलाई अपग्रेड गरी नयाँ बाइक डार्क एडिसनलाई बजारमा ल्याएको हो ।

ब्ल्याक थिममा आधारित यो नयाँ मोटरसाइकलको टेष्ट राइड समेत खुल्ला गरिएको कम्पनीले बताजनाएको छ । नयाँ बाइक डार्क एडिसनको इन्जिन र फिचर्समा भने कुनै परिबर्तन गरिएको छैन । 

ग्राफिक्समा गरिएको परिवर्तनका कारण यो बाइक पहिलेको तुलनामा थप आकर्षक र इन्डुरो प्रेरित रहेको देख्न सकिन्छ । अष्ट्रेलियन ब्रान्ड क्रसफायरको यो बाइकमा २५० सीसी क्षमताको वाटर कुलिङ इन्जिन जडान गरिएको छ । 

जसको अधिकतम पावर १९ किलोवाट र टर्क २२.५ एनएम रहेको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया