कोरोनाका कारण औसत आयु घट्यो

२ बर्ष अगाडि

एजेन्सी - कोरोना भाइरसका कारण संसारभरी औसत आयु कम भएको छ । यो दाबी अक्सफोर्ड युनिभर्सिटीकाअनुसन्धाता सन् २०२० को मृत्युको आँकडालाई आधार मानेर बताएका हुन् । इन्टरनेशनल जर्नल अफ एपिडेमियोलोजीमा प्रकाशित शोधका अनुसार यो दोस्रो विश्वयुद्धपछि एक वर्षभित्र मानिसको आयुमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

वर्ल्डोमिटरका अनुसार संसारभरी २९ सेप्टेम्बरसम्म ४७ लाखको मृत्यु कोभिड–१९ का कारण भएको छ । यसमा पनि अमेरिकामा सबैभन्दा बढी ७.११ लाख मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५.९५ लाख र भारतमा ४.४७ लाखको मृत्यु भएको छ । 

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धाताले ती २९ देशको अनुसन्धान गरेको छ जसले २०२० मा भएको मृत्युको आँकडा प्रकाशित गरेको छ । यसमा युरोपका धेरैजसो देशका साथै अमेरिका र चिली पनि समावेश छन् । यो शोमा यी देशका भिन्न भिन्न उमेर समूहमा औसत आयुको दर संकलन गरेको छ ।

शोधमा २०१५–२०२० बीचको मृत्युदरको ट्रेन्डको आधारमा २९ देशमा लिंग र उमेरको आधारमा औसत आयुको अनुमान लगाइएको छ । सन् २०२० को आँकडाको तुलना सन् २०१५ र सन् २०१९ को बीचको ट्रेन्डसँग गरियो । यसबाट थाहा हुन्छ कि कोभिड–१९ का कारण कुन देशमा नागरिकको औसत उमेर घटेको छ वा बढेको छ ।

अनुसन्धाताको समूहले २९ मध्ये २७ वटा देशमा सन् २०२० मा औसत आयुको दर घटेको पाए । सन् २०१५ को तुलनामा सन् २०२० मा १५ देशमा महिला र १० देशमा पुरुषको औसत आयु घटेको छ । अनुसन्धाताले सन् २०१५ सँग यसकारण तुलना गरे किनभने त्यतिबेला पनि फ्लूको मौसममा हज्जारौंको ज्यान गएको थियो ।

शोधका सह–लेखक डा। जोस म्यानुअल अबुर्तोले भने, ‘स्पेन, इंगल्याण्ड र वेल्स, इटली, बेल्जियमसमेत अन्य पश्चिमी युरोपेली देशमा औसत आयुमा कुनै एक वर्षमा यस्तो प्रकारको गिरावट दोस्रो विश्वयुद्धका बेला मात्रै भएको थियो ।

उनका अनुसार २२ देशमा आधा वर्षमा औसत आयुमा कमी देखिएको छ । ८ देशमा महिला र ११ देशमा पुरुषको औसत आयुमा गिरावट आएको हो । यो महत्वपूर्ण छ किनभने यी देशमा एक वर्षको आयु बढ्न ५.६ वर्ष लागेको थियो र कोभिड–१९ ले उनीहरुलाई करिब १०–१५ वर्ष पछि धकेलेको छ ।

सबै २९ देशमा महिलाको तुलनामा पुरुषको औसत आयु दर निकै हदसम्म प्रभावित भएको छ । अमेरिकी पुरुषमा सबैभन्दा धेरै कमी देखिएको छ । उनीहरुको औसत आयु सन् २०१९ को स्तरको तुलनामा सन् २०२० मा २।२ वर्ष कम भएको छ । त्यसपछि लिथुआनियाको नम्बर आउँछ जहाँ पुरुषको औसत आयु १.७ वर्ष कम भएको छ ।

अनुसन्धानका सह–प्रमुख लेखक डा। रिद्धी कश्यपका अनुसार अमेरिकामा औसत आयुको दर सबैभन्दा बढी घटेको छ । यसको एउटा ठूलो कारण यहाँ सन् २०२० मा काम गर्ने वर्गमा मृत्यु अत्यधिक भएको छ । यस्तै, युरोपका धेरैजसो देशमा ६० माथिका उमेर समूहमा बढी मृत्यु भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया