नेपाली बजारमा फोर्ड एभरेष्ट अफरोड एसयूभी भित्रने, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा फोर्ड एभरेष्ट अफरोड एसयूभी भित्रने भएको छ । नेपालको लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नयाँ २.० लिटर बाई–टर्बो डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त फोर्ड एभरेष्ट अफरोड एसयूभीको ल्याउने भएको हो ।

जसका लागी कम्पनीले बुकिङ खुल्ला गरिसकेको छ। फोर्ड एभरेष्टमा अल–एलईडी हेडल्याम्प दिइएको छ, जसले रातको समयमा २० प्रतिशत बढी उज्यालो प्रदान गर्नेछ । त्यस्तै आकर्षक डिजाइन, अफरोडिङ क्षमता र सहजताले गाडीलाई अझ उत्कृष्ट बनाएको छ।

एभरेष्टमा एड्भान्स्ड २.० लिटर बाई–टर्बो डिजेल इन्जिन दिइएको छ जसले २१३ पीएस पावर र ५०० एनएम टर्क जेनेरेट गर्नेछ । एरोडाइनामिक डिजाइन, टर्क अन डिमान्ड, लकिङ गियर डिफ्रेन्सियल, बिग लोड क्यापासिटी, रोल स्टेबिलिटीसहितको इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, पुल–ड्रिफ्ट कम्पेन्सेसनसहितको ईपीएएस आदि यसमा भएका अत्याधुनिक विशेषता रहेको कम्पनीले दाबी गरेको छ ।
 
अफरोडयुक्त यो गाडी सुरक्षाको तवरबाट पनि उत्कृष्ट छ । टेरेन म्यानेजमेन्ट सिस्टम, इलेक्ट्रोनिक लकिङ, रियर डिफ्रेन्सियल, हिल डिसेन्ट कन्ट्रोल र हिल लन्च असिस्टजस्ता फिचरले यसलाई थप आकर्षक बनाएको छ ।

यो गाडीलाई अपहोल्स्टर्ड सिट, प्रिमियम इन्टेरियर, ड्युअल क्लाइमेट कन्ट्रोल र ड्यअुल प्यानल सनरुफले कुनै पनि एड्भेन्चरमा एभरेष्टमार्फत आनन्द प्रदान गर्छ । त्यसैगरी, ह्यान्ड्स फ्रि लिफ्ट गेट, पावर फोल्ड थर्ड रो सिट, सात एयरब्याग र मल्टी इन्टेलिजेन्ट इन्स्ट्रयुमेन्ट क्लस्टर आदि फिचरले गाडीलाई थप रोमान्चक बनाएको छ।

१ करोड ९९ लाख प्रारम्भिक मूल्य तोकिएको फोर्ड एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीको भनाइ छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया