जापानको एक कम्पनीले माग्यो नेपाली कामदार, तलब एक लाख ७१ हजार बढि

२ बर्ष अगाडि

काठमाडौं -  जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । जापानको ताकसाकी सिटी गुन्मा सहरमा रहेको WELFARE CREATION ASSOCIATION कम्पनीले एग्रीकल्चर वर्करका लगि ३ जना पुरुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब एक लाख ७१ हजार माथि पाउनेछन् । खाने बस्नेको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले ग्राण्ड स्वीट लिको कार्यालय  कोटेश्वर काठमाडौंमा असोज २५ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।  विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया