साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

२ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको ANTIGONOS THEODOROU कम्पनीले डोमेस्टिक वर्करका लगि २० जना महिला नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ४३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले सुन्दर नेपाली ओभरसिज प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा कार्तिक १ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया