मन्त्रीमा नसमेटिएपछि रुष्ट भएका सांसद प्रदीप र प्रमोदले पार्टी मुख्यालय घेर्ने

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो पटक मन्त्रिपरिषद् विस्तारमा आफूहरुलाई नसमेटिएको भन्दै रुष्ट रहेका जनता समाजवादी पार्टी, नेपालका सांसदहरु प्रदीप यादव र प्रमोद साहले आज पार्टी मुख्यालय घेर्ने भएका छन् । 

यादव र साहको नेतृत्वमा जसपाका नेता तथा कार्यकर्ताहरुले अहिले बालकुमारीमा अवस्थित् मुख्य कार्यालय घेर्न लागेका हुन् । पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहनपनि भैरहेको छ । 

सांसद यादवको गृहजिल्ला पर्सामा असोज २२ गतेदेखि आजसम्म अध्यक्षको विरुद्धमा दैनिक प्रदर्शन भैरहेको छ । मन्त्री चयन गर्दा यादवले आफ्नो आसेपासेलाई मात्रै नियुक्त गरेको र पार्टीमा योगदान पुर्याएकाहरुलाई धोका दिएको भन्दै केही सांसदहरु रुष्ट छन् ।

सांसद प्रदीप यादवले अब अध्यक्ष यादवविरुद्ध निर्णायक संघर्ष सुरु हुने एक अन्तर्वार्तामा घोषणा समेत गरिसकेका छन् । असन्तुष्ट समूहले जुनसुकै बेला पार्टी परित्याग गर्ने र माओवादी केन्द्रमा प्रवेश गर्नसक्ने बताईएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया