हुण्डाईको फ्रि चेक अप क्याम्प

२ बर्ष अगाडि

नेपालको लागि हुन्डेइ गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रा.ली.ले 'ज्थगलमबष् हाईवे एसुरेन्सू' हुण्डाई गाडिहरुको लागि फ्रि चेक अप क्याम्प आयोजना गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा ज्थगलमबष् गाडीको फ्रि चेक अप क्याम्प स्थापना गरेको छ ।  

नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुण्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुण्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ । 

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड-९काँकड्भित्ता रोड, इटहरी (मिलन चोक), कुरिनटार  (सीरीन हाईवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा (बुटवल), नेपालगंन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाईपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरीेएको छ ।

यो कार्यक्रम असोज २४ देखि २६ गते सम्म बिहान १० बजे देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछ ।         
 

२ बर्ष अगाडि

प्रतिक्रिया