अध्यक्षमा ओलीसँग घनश्याम भुसालको प्रतिस्पर्धा

२ बर्ष अगाडि

काठमाडौ - नेकपा (एमाले) मा वैचारिक नेताका रुपमा छवि बनाएका उपमहासचिव घनश्याम भुसालले पार्टीको मूल नेतृत्वको रुपमा आफूलाई उभ्याउने संकेत गरेका छन् । उनले पार्टीको १०औं महाधिवेशनमा अध्यक्ष पदको दावी गरेका हुन् ।

आइतबार उपमहासचिव भुसालले काठमाडौंमा विजयादशमी, दिपावली, छठ लगायत चाडपर्वका अवसर पारेर पत्रकारहरुसँग गरेको चियापान कार्यक्रम मार्फत १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेवारी दिने सन्देश दिएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिने विषयमा भुसालले भने– ‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ । केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्छ । १०औं महाधिवेशनमा सोही अनुसार हुन्छ । अरु कमरेडहरु जस्तै म पनि सबै कोणबाट पार्टीको मूल नेतृत्वका लागि योग्य छु ।’ अर्थात भुसाले ‘अध्यक्षका लागि म पनि तयार छु’ भन्न खोजेका हुन् ।

लामो समय माधवकुमार नेपालसँग रहँदै आएका भुसाल पार्टी विभाजनको क्रममा नेपाललाई छोडेर केपी शर्मा ओलीसँग समाहित भए । तर, मुल पार्टीमै फर्के पनि अपेक्षाकृत वातावरण नबनेपछि भुसालले नयाँ योजना बनाएको हुने सक्ने विश्लेषण हुने गरेको छ । अ

ध्यक्ष केपी शर्मा ओली १० बुँदे प्रस्ताव कार्यान्वयनका लागि तयार नहुनु र सम्पन्न विधान महाधिवशेनमा आफूले राखेको फरक मतमा छलफल नै नहुनुले पनि भुसाल तनावमा छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया