१३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल आज

२ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल पुस २७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । 

उक्त ट्रेजरी बिल चैत्र २९ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल असोज २५ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर असोज ३१ गते, आइतबार बिक्री हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया