५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनको कति ?

२ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २१७ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । ग्लोबल आइएमई समुन्नत स्किम १, मेगा बैंक, सिभिल बैंक, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को कम्पनीमा उच्च खरीद माग रहेको हो ।

ती पाँच ओटा कम्पनी मध्ये सबैभन्दा बढी ग्लोबल आईएमई समुन्नत स्किम - १ को १३ लाख २६ हजार ८७० इकाई खरीद माग रहेको छ ।

त्यसैगरी मेगा बैंकको ८ लाख ४३ हजार ८७६ कित्ता, सिभिल बैंकको ३ लाख ५३ हजार ९९७ कित्ता, सिद्धार्थ इक्विटी फण्डको २ लाख ८७ हजार ३२० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को १ लाख ७८ हजार ५०० इकाई खरीद माग रहेको हो ।  

२ बर्ष अगाडि

प्रतिक्रिया