यी हुन इजरायल जान नाम निस्केका ११७५ जना श्रमिक

२ बर्ष अगाडि

इजरायल जानको लागि छनोटमा परेका ११७५ जना श्रमिकको नामावली सार्वजनिक भएको  छ ।  नेपाल सरकारले पठाएका भाषा र अन्तरवार्ता परीक्षामा पास भएकाहरुमध्येबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले अन्तिम नामावली सार्वजनिक गरेको हो ।  

विभागले यसअघि एक हजार ६ सय जनाको नाम इजायल सरकारलाई पठाएको थियो । त्यसमा इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको हो । उनीहरुको छनोट कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत गरिएको हो । छनोटमा परेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन् ।

छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ । शुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ । तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क र कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था छ । इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ ८ मा समझदारी गरेको थियो ।

 

२ बर्ष अगाडि

प्रतिक्रिया