मध्य भोटेकोशीमा चार गुणा बढी आवेदन,  २३ लाख ९३ हजार ४२८ जनाले भरे आईपीओ

२ बर्ष अगाडि

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमाका लागि माग गरिएको भन्दा ४.१९ गुणा बढी आवेदन परेको छ । 

आईपीओका लागि आवेदन दिने अन्तिम दिन सोमबार बेलुका पाँच बजेसम्म  ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको हो । 

आईपीओका लागि २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट  आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 
 
कम्पनीले असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । 
 
रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउछ । केयरले २०७७ मंसिर १८ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद आगामी मंसिर १७ गते सकिनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया