इजरायल रोजगारी नतिजा सार्वजनिक, चिठ्ठा प्रणालीमार्फत एक हजार व्यक्ति छनोट

२ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगार विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायकका लागि लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेकोे छ ।

 विभागले भाषा परीक्षा उत्तीर्ण गरी तौल तथा उचाइको मापदण्ड पूरा गरेका १ हजार ६ सय जनाको सूची नेपालस्थित इजरायली दूतावासमा बुझाइएकोमा इजरायलको राजधानीमा गरिएको चिठ्ठा प्रणालीमार्फत एक हजार व्यक्ति छनोट गरिएको विभागले जनाएको छ । 

 नेपाल र ईजरायलको संझौता अनुसार एक हजार मध्ये ७ सय महिला र ३ सय पुरूष इजÞरायल जानेछन् । विभागले आवेदन माग गरेपछि  ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ९ जना परीक्षामा सहभागी भएका थिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया