एनआरएनएको १०औँ महाधिवेशन स्थगित

२ बर्ष अगाडि

काठमाडौं - गैर आवासीय नेपाली संघ ‘एनआरएनए’ को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । अक्टोबर २३ देखि २५ सम्म काठमाडौंका लागि तय गरिएको सम्मेलन एनआरएनएको भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

अघिल्लो पटक निर्वाचिन कार्यसमितिको कार्यकाल अक्टोवर १८ देखि सकिँदै छ । वर्तमान कार्यसमितिको कार्यकाल छ महिना थप गर्ने सहमति भएको छ । अधिवेशनको नयाँ मितिबारे अर्को साता बस्ने बैठकले निर्णय गर्ने बताइएको छ । 

६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्र मन्त्रालयको पत्रबारे कानुनविद र मन्त्रालयसंग थप छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । परराष्ट्रले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकोले पूर्वअभ्यास अनुसार गर्न पत्राचार गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया