आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो यसरी पत्ता लगाउनुहोस्

२ बर्ष अगाडि

फेसबुकमा कहिलेकाहीँ नोटिफिकेसन आउँछ, यति जनाले तपाइँको प्रोफाइल हेरे ।

तर को कसले आफ्नो प्रोफाइल हेरे भन्ने कुरा हामी पत्ता लगाउन चाहीँ सक्दैनौँ । 

आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने जान्ने इच्छा सबैलाई हुन्छ ।

त्यसैले आज हामी आफ्नो प्रोफाइल हेर्ने मानिसहरुको बारेमा कसरी थाहा पाउने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ । 

त्यसका लागि सबैभन्दा पहिला तपाइँले आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लगइन गर्नुपर्ने हुन्छ । 

त्यसपछि फेसबुकभित्र कुनैपनि ठाउँमा राइट क्लिक गरेर View page source मा क्लिक गरि CTRL+U थिच्नुपर्ने हुन्छ । 
त्यसपछि ctrl+f थिचेर सर्च बारमा BUDDY_ID सर्च गर्दा BUDDY_ID सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ ।
उक्त कोडलाई कपी गरेर ब्राउजरमा facebook.com/१५ अंकको कोड, टाइप गरेर सर्च गर्नुहोस्
त्यसो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ ।
तपाइँको फेसबुक प्रोफाइल कस कसले चेक गरिरहेको छ यो पत्ता लगाउने अर्को तरिका पनि छ । यसका लागि तपाइँ क्रोम एक्सटेन्सनको सहयोग लिन सक्नुहुन्छ । वास्तवमा गुगल क्रोममा गएर तपाइँले Super Viewer for Facebook जस्ता एक्सटेन्सन डाउनलोड गर्नुपर्दछ ।

यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ । यद्यपि यी दुबै तरिकाबाट तपाइँको फेसबुक प्रोफाइल सम्बन्धित व्यक्तिले कुन मितिमा हेर्यो भन्ने कुरा चाहीँ पत्ता लगाउन सकिँदैन ।

एजेन्सीको सहयोगमा

२ बर्ष अगाडि

प्रतिक्रिया