टाटा मोटर्सको थोक बिक्री २४ प्रतिशतले बढ्यो

२ बर्ष अगाडि

भारतीय कम्पनी टाटा मोटर्सको होलसेल बिक्री २४ प्रतिशतको बृद्धि भएको छ। कोभिडका कारण भएको संकटमा समेत विश्वव्यापरी रुपमा टाटाको होलसेल बिक्री २४ प्रतिशतले बढेको हो। यो सँगै  कम्पनीको सेयर मूल्य लगातार चौथो सेसनमा पनि उकालो लाग्दा निफ्टी अटो इन्डेक्स शून्य दशमलव ७६ प्रतिशतले बढेको छ।

टाटा मोटर्सका अनुसार यसले यो सेप्टेम्बर त्रैमासमा मात्र २ लाख ५१ हजार ६८९ एकाइ गाडी बिक्री गरेको छ।

यो आँकडाको सकारात्मक प्रभावस्वरुप टाटा मोटर्स सोमबार निफ्टी इन्डेक्समा सर्वाधिक कमाउने कम्पनी समेत बनेको छ। उक्त दिन टाटा मोटर्सको सेयर मूल्य ८.५  प्रतिशतले बढेको थियो, जुन वृद्धि २०१८ जनवरीयताकै उच्च हो।

सेप्टेम्बरमा २३% को कारोबार वृद्धि हासिल गरेपछि टाटा मोटरको स्टक मूल्य यो महिना १६% ले उक्लिएको रोयटर्सले जनाएको छ। साथै कम्पनीले जनाएअनुसार ल्याण्ड रोभरको विश्वव्यापी रिटेल अर्डर रेकर्ड विन्दुमा रहेको छ।

२०२१ को सेप्टेम्बर ३० मा अन्त्य हुने दोस्रो त्रैमासमा टाटाको सवारीसाधनको रिटेल बिक्री ९२७१० एकाइ थियो, जुन गत वर्षको समान अवधिको भन्दा एक लाख १३ हजार ५६९ एकाइ भन्दा १८.४ प्रतिशतले कम हो। यसको रिटेल बिक्री वार्षिक तुलना गर्दा विश्वका अधिकांश क्षेत्रमा घटेको छ, जसमा उत्तर अमेरिका (‍-१५.६%), चीन (‍-६.३%), युरोप (‍-१७%) र बेलायत (‍-४७.६%) रहेका छन्। तर यीबाहेक अन्य मुलुकको रिटेल सेल्स भने १० प्रतिशतभन्दा धेरैले बढेको टाटा मोटर्सले विज्ञप्तीमा उल्लेख गरेको छ।

टाटा मोटर्सको कमर्शियल भेहिकलहरु तथा टाटा डेउ (दक्षिण कोरियास्थित टाटा मोटर्सको कमर्शियल भेहिकल उत्पादन युनिट) को भने विश्वव्यापी बिक्री यस वर्षको दोस्रो त्रैमासमा ५७ प्रतिशतले बढेर ८९ हजार ५५ एकाइ भएको कम्पनीले जनाएको छ।

सबै यात्रुबहाक सवारीसाधनको विश्वव्यापी थोक बिक्री अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा ११ प्रतिशतले बढेकाले टाटा मोटर्सको यो उत्साहजनक व्यापार अपवाद भने होइन।

गत २.८% ले वृद्धिको उपलब्धी हासिल गरेका अटोमेकर कम्‍पनीहरुको स्टकका कारण सोमबार भारतीय सेयर बजारका लागि पछिल्लो महिनाकै उत्कृष्ट हप्ता बन्यो। भारतमा पनि यतिबेला फेस्टिभ सिजनका कारण एडभान्स बुकिङहरु उत्साहजनक भइरहेकाले भारतीय अटोमेकरहरुको 'अर्डर बुक' मा अझै बढोत्तरी हुने अनुमान गरिएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया