पछिल्लो २४ घण्टामा थप ३६५ मा कोरोना पुष्टि हुँदा  ६०९ डिस्चार्ज, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - पालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर ५ हजार ५ सय ९४ जनाको परिक्षण गर्दा कुल ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्यू भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९ जना संक्रमणमुक्त भएका छन् । हालसम्मको निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया