भेडाको मुल्य आकाशियो, एउटैको मुल्य ४५ हजार !

२ बर्ष अगाडि

काठमाडौं - जुम्लामा यसवर्षको दसैंमा भेडाको मुल्य आकाशिएको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँसम्ममा बिक्री भएको छ । 

पशु अस्पताल तथा  पशु सेवा कार्यालयका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन् । यस वर्ष जुम्ला ल्याएका भेडा बाजुरा, जाजरकोट लगायत जिल्लाका हुन् । 

जुम्लाका भेडा व्यवपारी  प्रेम कार्कीका अनुसार  यसवर्ष  जुम्लामा  ल्याइएका भेडा बाजुराका हुन् ।  जुम्लामा भेडा नपाएपछि बाजुरा पुगेर ल्याएको उनले बताए । जुम्लामा मासुको माग बढ्दै जानु, तर उत्पादन नहुनुले  भेडाको मुल्य आकाशिएको हो । 

अहिले जुम्लामा एक किलो मासुको एक हजार रुपैयाँ पर्न थालेको छ । कर्णाली प्रदेश सरकारले पनि जुम्लालाई मासु र दुधमा आत्मानिर्भर बनाउन विभिन्न अनुदानका कार्यक्रम दिँदै आएको छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया