२१ करोड ८० लाखले जिते कोरोना, संक्रमित र मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौ - विश्वभर अहिलेसम्म २१ करोड ८० लाखभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् ।  योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २१ करोड ८० लाख ५७ हजार १७ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ३४३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २४ करोड ८ लाख २ हजार ९८३ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ४१ हजार ८७० छ । यसमध्ये ७९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै  पछिल्लो २४ घण्टामा ६ हजार ९५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ लाख ४ हजार ९६ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन । बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ९२ हजार ९६६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७०५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ४३ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया