विश्वमा एकैदिन ३ लाख बढीमा कोरोना पुष्टि हुँदा २ लाख ८४ हजार धेरै डिस्चार्ज, मृत्यु कति ?

२ बर्ष अगाडि

काठमाडौं - विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या २४ करोड १४ लाख ५६ हजार ३१ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार २३५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ लाख १३ हजार ९४८ पुगेको छ । 

२४ घण्टाकै अवधिमा २ लाख ८४ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या २१ करोड ८६ लाख ८२ हजार ६६४ पुगेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया