छोरीले आफै बिहे गरेको भन्दै बावुले ७ जनालाई ज्युँदै जलाए

२ बर्ष अगाडि

पाकिस्तानमा एक बावुले छोरीले आफ्नो इच्छाअनुसार बिहे नगरेको भन्दै परिवारका सात सदस्यलाई ज्युँदै जलाइ दिएका छन् । छोरीले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको र आफ्नो आत्मसम्मान गुमेको भन्दै पाकिस्तानका मन्जुर हुसेनले आफ्नै परिवारका सात सदस्यलाई ज्युदै जलाइ दिएका हुन् ।

सो घटना पाकिस्तानको पन्जाव प्रान्तस्थित मुजाफरगढ जिल्लाको हो । इन्डिसेन्डेन्ट रिपोर्टका अनुसार मन्जुर हुसेनले आफ्ना दुई छोरी र पाँचवटा नातिनातिनीसहित आफ्नै परिवारका सातजनालाई ज्युँदै जलाएका हुन् । हुसेनले छोरी फौजिया बिबिले आफ्नो इच्छा विपरित प्रेम विवाह गरेको भन्दै उनी श्रीमान र नाबालक छोरासहित माइतीमा बसेको बेला आगो लगाएर हत्या गरेका हुन् ।

सो घटनाबाट फौजिया बिबिका पति मेहबुब अहमद मात्र बाँच्न सफल भएको र घटनापछि उनले प्रहरीलाई खबर गरेको बताइएको छ । अहमदको बयानको आधारमा प्रहरीले घटनामा संलग्न भएको भन्दै ससुरा मन्जुर हुसेन र सालो सविर हुसेनलाई पक्राउ गरेको छ ।

प्रहरी अधिकृत अब्दुल मजिदले रोयटर्सलाई बताएअनुसार मृतक फौजिया र अहमदले सन् २०२० मा प्रेम विवाह गरेका थिए । उनीहरुको प्रेम विवाहका कारण दुई परिवारबीच टकराव पैदा सुरु भएको थियो । फौजियाका पिता मन्जुर हुसेन छोरीको  वैवाहिक सम्बन्धविरुद्ध थिए ।

सोहि कारण उनले परिवारका सातै सदस्यलाई ज्युँदै जलाएको प्रहरीको निष्कर्श छ। पाकिस्तानमा हरेक वर्ष करिब १ हजारभन्दा बढी यस्तै प्रकृतिका घटना हुने गरेको मानवअधिकारको एक रिपोर्टले देखाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया