ड्राइभिङ लाइसेन्सको आवेदन अर्को साता देखि खुल्ने

२ बर्ष अगाडि

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुल्ने भएको छ । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि कोरोनाका कारण बन्द गरेको ड्राइभिङ लाइसेन्स आवेदन अर्को सातादेखि खोल्ने भएको हो । 

विभाले अहिले आवेदन खोल्न प्राविधिक तयारी गरिरहेको र चाँडै खोल्ने विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए । उनका अनुसार अहिले आवेदन दिएका करिब ५ लाख जना परीक्षामा सहभागी हुन मिति कुरेर बसेका छन् । 

लामो समय आवेदन रोकेका कारण लाइसेन्स लिन आवेदन दिएर प्रक्रियामा प्रवेश गरेकाहरु  अन्योलमा परेका छन् भने नयाँ लाइसेन्स लिन खोल्ने चालकहरु समस्यामा परेका छन् । 

विभागका अनुसार अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर आवेदन लिने र कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाउने तयारी छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया