शेयर बजार खुलेको २ घण्टाको अवधिमा ५ ओटा कम्पनीमा उच्च खरीद माग, कुनमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - साताको चौथो कारोबार दिन आज बुधवार ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीमा उच्च खरीद माग रहेको छ । 

ग्लोबल आइएमई समुन्नत स्किम-१, सिटीजन्स म्युुचुअल फण्ड(२, सिद्धार्थ इक्विटी फण्ड, आइसी एफसी फाइनान्स र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को इकाईमा उच्च खरीद माग रहेको हो । उक्त ५ ओटा कम्पनी मध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम-१ को २ लाख ४५ हजार ८२५ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी सिटीजन्स म्युचुअल फण्ड-२ को, १ लाख ९६ हजार ७०० इकाई, सिद्धार्थ इक्वीटी फण्डको-१ लाख ९५ हजार, आइसीएफसी फाइनान्सको १ लाख ८७ हजार ८६२ कित्ता र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम-२ को १ लाख ६८ हजार ४०० इकाई खरीद माग रहेको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया