एमालेले चाहे सात दिनमै सरकार ढालिदिन्छ : ओली

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन् । प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले तर आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिऊँ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं ।'

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए । 

२ बर्ष अगाडि

प्रतिक्रिया