भारतमा कोरोना खोप लगाउनेको संख्या एक अर्ब नजिक, आज पुरा हुँदै

२ बर्ष अगाडि

काठमाडौं - भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या एक अर्ब नजिक पुगेको छ । बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आज बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ । सरकारले नौ महिनाअघि कोरोनाविरुद्धको खोप अभियान चलाएको थियो । छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ । 

संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोरोनाविरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन् । 

एक अर्ब जनसंख्याले खोप लगाएको अवसरमा भारतले बिहीबार विशेष कार्यक्रम मनाउँदैछ । रेल, विमान र पानीजहाजबाट लाउडस्पिकरमार्फत एक अर्ब जनसंख्याले खोप लगाएको घोषणापछि कोभिड सचेतनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिनेछन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया