राष्ट्र बैंकले आज रिपोमार्फत वित्तीय बजारमा १० अर्ब पठाउदै

२ बर्ष अगाडि

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न नेपाल राष्ट्र बैंकले कार्तिक ४ गते बिहीबार आज वित्त बजारमा १० अर्ब रुपैयाँ पठाउने भएको हो । केन्द्रीय बैंकले एक हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ७ दिनमा कार्तिक ११ गते परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया