महालक्ष्मी विकास बैंकको २६ हजार ८६ र समृद्धि फाइनान्सको ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिक्रीमा आयो, ३५ दिन भित्र आवेदन दिन आग्रह

२ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको हो । 

उक्त शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यस्तै समृद्धि फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिहीवारदेखि लिलामीमा ल्याएको छ । 

कम्पनीले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य १०० तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनुपर्नेछ ।

३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिनेसमेत कम्पनीले भनेको छ ।
 
 

२ बर्ष अगाडि

प्रतिक्रिया