हिमालयन रि-इन्स्योरेन्स र सि.बि.आई.एल. क्यापिटलले बोलायो साधारण सभा, कुनको कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - हिमालयन रि-इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा कात्तिक २६ गते बोलाएको छ । कम्पनीले काबु बाहिरको परिस्थितिका कारणले गर्दा कात्तिक १२ गते गर्ने भनिएको सभा  सारेर कात्तिक २६ गते बोलाएको हो । 

सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा साँझ ५ बजे हुनेछ । सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सञ्चालकहरुको निर्वाचन गर्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

यस्तै सि.बि.आई.एल. क्यापिटल लिमिटेडको पन्ध्रो वार्षिक साधारण सभा शुक्रवार हुने भएको छ । सभा बिहान ११ बजे क्यापिटलको रजिष्टर्ड कार्यालय डिल्लीबजारमा हुनेछ । सभाले २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल तथा आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि असोज २० गते शेयरधनीदर्ता किताब बन्द भइसकेको छ । यस आधारमा असोज १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  

२ बर्ष अगाडि

प्रतिक्रिया