रियलमीले चाँडै नेपाली बजारमा नयाँ फ्लागसिप किलर जीटी सिरिजअन्तर्गत ‘जीटी नियो २’ ल्याउँदै

२ बर्ष अगाडि

काठमाडौं, तीव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिजअन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने घोषणा गरेको छ। यो फोन आकर्षक सुरुआती मूल्यमा उपलब्ध हुनेछ।

जीटी सिरिज रियलमीको फ्लागसिप सिरिजअन्तर्गत पर्दछ। जसमा प्रविधि प्रेमीहरुका लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रुपमा रहेका छन्। अधिकांश स्मार्टफोनहरुले जीटी सिरीजको फ्लागसिपको व्यापक अनुभव गराउन सक्दैनन्। रियलमीले यस किसिमका प्रयोगकर्ताको माग पूरा गर्ने लक्ष्य राखेर रियलमी जीटी नियो सिरिज लिएर आउँदैछन्। चीनको बजारमा सफल भइसकेको रियलमी जीटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको छ। 


नियो फ्लागसिप किलर जसरी प्रस्तुत गरिएको रियलमी जीटी सिरिजको रियलमी जीटी नियो–२ मा क्वालकम स्नापड्रागन™ ८ सिरिज मोबाइल प्लाटफर्म ,अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा– हाई नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ। जसको घोषणा सामाजिक सञ्जालमार्फत रियलमीका को–सीएमओ र चेसले गरेको थियो। 

डिजाइन सधैँ रियलमी जीटी सिरिजको महत्वपूर्ण पक्ष रहेको छ, र यसपटक  रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्नको लागि आकर्षक रंग नियो ग्रिनमा उपलब्ध हुनेछ।

मूल्य घटाउनका लागि जीटी नियो २ ले गुणस्तरमा सम्झौता गर्दैन। सुपथ मूल्यमा समग्र रुपमा सुझबुझका साथ फरक दृष्टिकोण लिएर फ्लागसिपको आकर्षक अनुभव प्रदान गराउँदै उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन उपलब्ध गराउँदैछ।

२ बर्ष अगाडि

प्रतिक्रिया