“रियलमी जिटी नियो २” नेपालमा सार्वजनिक, शुरुवाती मूल्य रु. ५१ हजार

२ बर्ष अगाडि

काठमाडौं,  विश्वमा सबैभन्दा छिटो अघि बढी रहेको स्मार्टफोन ब्रान्ड, रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । जसको मूल्य रु. ५४ हजार १९९ रहेको छ, जसमा  ८÷१२८ जीबी स्टोरेज रहनेछ  । लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ । शुरुका ग्राहकहरुले तोकिएको भन्दा रु.३ हजार कम मूल्य रु. ५१ हजार १९९ मा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् । 

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन ८७० ५ जि को मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ mm, चौडाइ ७७५.६ mm र उचाइ ८.६ mm रहेको छ । क्वालकम स्नापड्रागन ले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शन सँगै स्थिरताको अनुभव प्रदान गर्दछ । 

थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गर्ने ४१२९ mm2 क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ । चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरु खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरु र गेमहरु छिटो लोड हुन्छ । 

५००० एमएएच् ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ । यसको ब्याट्रीले 65W सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ । एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् । 

यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरु खिच्छ । रियलमीको को स्मार्टफोनमा E4 डिस्प्ले रहेको छ जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ । यसैगरी 500000:1 contrast ratio ले अधिकतम १३०० नीट सम्मको ब्राइटनेस दिन्छ ।
 
नियो जिटी को डिजाइन रियलमी जिटी लाइनअप कै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ्ग (Neo Green color) प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया