सेयर अभौतिकीकरण नगरेकाहरूलाई गराउन साहस उर्जाको आग्रह

२ बर्ष अगाडि

काठमाडौं - साहस उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा आयोजना प्रभावित बासिन्दा ९स्थानीय० शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गरेको सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको भन्दै सेयर अभौतिकीकरण नगरेकाहरूलाई सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट काठमाडौं वा शाखा कार्यालयहरु पुतलिसडक, लगनखेल, चिप्लेढुङ्गा पोखरा, आदर्शनगर बीरगञ्ज, ट्राफिकचोक बटवल र गाछीचोक विराटनगरमा सम्पर्क राखी आफ्नो हितग्राही खाता नं अद्यावधिक गरिसकेपछि मात्र आफ्नो सेयर हितग्राही खातामा प्राप्त हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया