क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रियो, २६ हजारले मूल्य वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले ३ महिनाअघि नेपाली बजारमा भित्राएको ट्रेकरलाई अपडेट गरेर नयाँ मोडललाई पुन सार्बजनिक गरेको हो । 

नयाँ ट्रेकरको ग्राफिक्स र फिचर्समा परिबर्तन गरिएको छ । साथै यसको पावर तथा पर्फमेन्समा समेत सुधार गरिएको छ । नयाँ बाइकले पहिलेको तुलनामा बढी माइलेज प्रदान गर्ने समेत बताइएको छ । उत्कृष्ट ह्यान्डलिङका कारण यो बाइकमा यात्रा गर्दा रमाइलो महशुस हुनेछ ।

यो नयाँ बाइकमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर थप गरिएको छ । यसअघिको मोडलमा ५ स्पीडको गियरबक्स दिइएकोमा नयाँ बाइकमा यसलाई बढाएर ६ स्पिड पुर्याइएको छ । जसका कारण पहिलेको तुलनमा राम्रो पर्फमेन्स दिने दाबी गरिएको छ ।

यसअघि ३ लाख ४८ हजार रुपैयाँमा बिक्री हुँदै आएको यसको मूल्य बढाएर हाल ३ लाख ७४ हजार रुपैयाँ पुर्याइएको छ । जुन पहिलेको तुलनामा २६ हजार रुपैयाँले बढी हो । मूल्य बढेपनि बजारमा उपलब्ध यहि सेग्मेन्टको अन्य बाइकको तुलनामा यो एकदमै प्रतिस्पर्धी रहेको कम्पनी स्रोतले बताएको छ । यो नयाँ बाइकले बजारमा हिरो एक्सपल्स र मोटरहेड ब्रान्डका अफरोड बाइकसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया