नेसनल हाइड्रोपावर कम्पनीलाई तल्लो इन्द्रावतीको लाइसेन्स, बोनस शेयर दिने बाटो खुल्यो

२ बर्ष अगाडि

काठमाडौं - नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड ९एनएचपीसी० ले तल्लो इन्द्रावती जलविद्धुत आयोजना निर्माणका लागि लाइसेन्स पाएको छ । जलविद्धुत विकास बिभागका महानिर्देशक सन्दीप कुमार देवले नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेलाई हालै उक्त लाइसेन्स हस्तान्त्रण गरे ।

आर्थिक प्रस्ताव खोल्दा एनएचपीसीले सबैभन्दा बढी रकम कबोल गरेकोले इन्द्रावतीको लाइसेन्स पाउने निश्चित भएको थियो । आयोजना निर्माणमा चार कम्पनी इच्छुक देखिएका थिए । तल्लो इन्द्रावती आयोजना बनाउनका लागि नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, वाइवा एन्ड लामा अनलि मल्टी जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेड इच्छुक देखिएका थिए । त्यसमध्यसबैभन्दा बढी रकमको कबोल गरेकाले इन्द्रावतीको लाइसेन्स एनएचपीसीले पाएको हो ।

नेशनल हाइड्रोपावर सुनकोसीको सुरुङ निर्माण धमाधम भइहेका बेला बीचमै रोकिएको थियो । भइरहेको काम रोकिएपछि विद्युत विकास बिभागले एनएचपीसीबाट तल्लो इन्द्रावतीको लाइसेन्स खोसेको थियो ।

लाइसेन्स खोसिएपछि एनएचपीसीले ६० करोड प्रोभजिनङि गरेको थियो । नेसनल हाइड्रोकै स्वामत्विमा रहेको आयोजना निर्माण नभएपछि सरकारले खारेज गरेर प्रतिस्पर्धाबाट बनाउने भनेको थियो । प्रतिस्पर्धामा भाग लिदै पुनः एनएचपीसीले तल्लो इन्द्रावती बनाउने अभियानमा लागेको थियो । तल्लो इन्द्रवती आयोजनाको निर्माण करिब ५० प्रतशित पूरा भइसकेको दावी एनएचपीसीले गर्दै आएको छ ।

तल्लो इन्द्रावती आयोजना नेसनलले पाएकोले ६० करोड रुपैयाँ प्रोभजनिङ गरेको रकम खुला हुने भएको छ । ६० करोड आउँदा एनएचपीसी २५ करोड जति पोजेटिभ रिजर्भमा हुनेछ । त्यसले लगानीकर्तालाई नगद लाभांश दिन नसके पनि बोनस शेयर दिन बाटो खुल्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया