खानी खोला हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

२ बर्ष अगाडि

काठमाडौं - खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेको हो ।

अब उप्रान्त संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू प्रभु क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया