नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरन चेम्जोङले माल्दिभ्सको शिर्ष लिग खेल्ने

मंसिर ४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले फेरि माल्दिभ्सको शिर्ष लिगमा व्यवसायीक फुटबल खेल्ने भएका छन् ।

किरनले माल्दिभ्सको लिग च्याम्पियन माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट नयाँ सिजनको धिवेही प्रिमियर लिग खेल्ने बताइएको छ । साथै किरन त्यसका लागि माल्दिभ्सतर्फ पनि प्रस्थान गरिसकेका छन् ।

स्मरण रहोस, किरणले यसअघि सन् २०१७–१८ र २०१८–१९ को सिजनमा टिसी स्पोर्टसका लागि माल्दिभ्सको शिर्ष लिग खेलेका थिए । टिसी स्पोर्टसमा दोस्रो स्पेल बिताउने क्रममा क्लबलाई लिग च्याम्पियन पनि बनाएका किरनले सर्वोत्कृष्ट गोलरक्षकको पुरस्कार पनि जित्न सफल भएका थिए ।

किरनले हालै माल्दिभ्स मै सम्पन्न प्रतिष्ठित साफ च्याम्पियनसिपमा टोलीको कप्तानी गर्दै नेपाललाई पहिलोपटक ऐतिहासिक फाइनलमा समेत पुर्याएका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८