सन् २०२२ मा बलिउडका बहुप्रतिक्षीत दुई फिल्मको भिड्न्त

मंसिर ५, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं-आउँदो वर्ष २०२२ मा भारतका दुई ठूला फिल्म एकै मितिमा भिड्ने भएका छन् । २०२२ को अप्रिल १४ (नेपाली नयाँ वर्ष बैशाख १) मा बलिउडको बहुप्रतिक्षीत फिल्म ‘लाल सिंह चड्ढा’ र साउथको ‘केजीएफ २’ बक्सअफिसमा एकअर्कासँग भिड्न लागेका हुन् । 

आमिर खान प्रोडक्सनले शनिवार ‘लाल सिंह चड्ढा’ को एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै २०२२ को अप्रिल १४ लाई प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि यो फिल्म भ्यालेन्टाइन डेको अवसर पारेर ११ फेब्रअरीमा प्रदर्शनमा आउने तयारीमा थियो । तर, अब फिल्मको रिलिज २ महिना पछाडि धकलिएको छ । सार्वजनिक पोस्टरमा आमिर खान र करीना कपूरलाई देख्न सकिन्छ ।
 
फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ तर उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । अद्वैत चन्दन निर्देशित ‘लाल सिंह चड्ढा’ मा प्रीतमको संगीत र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । ‘थ्री इड‍ियट्स’ पछि आमिर र करीनाले एकसाथ काम गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८