प्रतिगामी तत्व अगाडि बढ्दै गए माओवादीले फेरि विद्रोहको झण्डा उठाउछ : प्रचण्ड

२ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिगामी तत्व अगाडि बढ्दै गए माओवादी फेरि विद्रोहको झण्डा उठाउने बताएका छन् । 

चितवनमा आयोजित कार्यक्रममा उनले परिवर्तनको वाहक माओवादी भएको भन्दै प्रतिगामी तत्व अगाडि बढ्दै फेरि विद्रोहको झण्डा उठाउन तयार रहेको बताएका हुन् । 

प्रधानमन्त्री, राष्ट्रपति जोसुके भएपनि राजनीति माओवादी केन्द्रको वरिपरि नै रहेको उनको दाबी थियो । साथै मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आवश्यक रहेको पनि बताएका छन् । 

खर्चिलो निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै प्रतक्ष्य निर्वाचित कार्यकारीको आवश्यकता औल्याएका हुन । अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली विषय उठाएर जनता आन्दोलनमा उत्रिए सफल हुने दाबी समेत गरे ।

अध्यक्ष दाहालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए । निर्वाचन आयोगसँगको सल्लाहपछि केहि दिनमा नै निर्वाचनको विषय टुंगो लाग्ने उनको भनाइ छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया