शानदार लुक्सका साथ ‘किया निरो’ बजारमा उतारिँदै, यस्तो देखियो तस्बिर

२ बर्ष अगाडि

काठमाडौं, सेकेन्ड जेनेरेसन इलेक्ट्रिक कार किया निरो क्रसओभरको टिजर सार्वजनिक भएको छ ।लामो समयदेखि चर्चामा रहेको किया निरो छिटै लन्च गरिने खबर सार्वजनिक भइरहेको छ।

अफिसियल प्रिभ्यु इमेजका आधारमा नयाँ किया निरो सन् २०१९ मा प्रदर्शन गरिएको हबानिरो कन्सेप्टमा आधारित हुने अनुमान गर्न सकिन्छ । एड्भेन्चर रेडी एटिच्युडसहित यो एसयूभी स्टाइलको गाडी हुनेछ ।

कियाले केही दिन पहिले सार्वजनिक गरेको ईभी९ कन्सेप्ट जस्तै नयाँ निरो पनि प्रकृतिबाट प्रभावित हुनेछ ।

टिजर हेर्दा यसमा टु टोन पेन्ट स्किम हुनेछ । त्यसैगरी यसको अघिल्लो भागमा भएको टाइगर नोज ग्रिललाई केही परिमार्जन गरिएको छ ।

इन्टेरियरमा एसिमेट्रिकल सेन्टर कन्सोल, टु स्पोक स्टेयरिङ ह्विल र वाइड–फम्र्याट ट्विन स्क्रिन ड्यासबोर्ड हुनेछ ।

नेपाली बजारमा हाल किया निरो इलेक्ट्रिक कार उपलब्ध छ । भारतमा यो कार सन् २०२३ सम्म आउने अनुमान गरिएको छ । नेपाली बजारमा पनि त्यही समय भन्दा पहिले उपलब्ध हुने सम्भावना हुने छैन ।

२ बर्ष अगाडि

प्रतिक्रिया