नेपाल टेलिकमले पायो प्राधिकरणद्धारा फाइभजी परिक्षण अनुमति

२ बर्ष अगाडि

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ जी परिक्षणको अनुमति दिएको छ । 

प्राधिकरणले फाइबजी परिक्षण अनुमति दिएको जनाएको छ । प्राधिकरणका अनुसार २६०० व्यान्ड फ्रिक्वेन्सीमा परिक्षण अनुमति दिएको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको थियो ।

तर, टेलिकमकै कारण लामो समय फाइभजी अनुमतिको लागी ढिलाइ भएको थियो । अब टेलिकमले एक बर्ष भित्र फाइबजी परिक्षण गर्ने प्राधिकरणको भनाई छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया