कात्तिक महिनामा धेरै कामदार पठाउने सूचीको एक नम्बरमा प्याराडाइज इन्टरनेशनल प्रालि, कति पठाए ?

२ बर्ष अगाडि

काठमाडौं - कात्तिक महिनामा ६६ म्यानपावर कम्पनीले एक सय भन्दा बढी कामदारको अन्तिम श्रम स्वीकृति निकालेका छन् । 

त्यसमध्ये प्याराडाइज इन्टरनेशनल प्रालिले ८ सय ४६ पुरूष र ८३ महिला गरी ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर कात्तिक महिनामा धेरै कामदार पठाउने सूचीको एक नम्बरमा रहेको छ । 

सूचीको दोश्रो नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालिबाट ६ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् । त्यसमा ६९ जना महिला छन् । 

तेस्रो स्थानमा रहेको मोभिरा रिक्रुटमेन्ट कन्सल्टेन्सी सर्भिस प्रालिले ३ महिलासहित ६ सय ३३ जनाको श्रम स्वीकृति निकालेको छ । असोज महिनामा विभागले ७३ हजार एक सय ८५ जनाको पुर्व स्वीकृति दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया