कोरिया जान लागेका कामदार बसेको होटलमा श्रममन्त्रीको छापा, १२ हजार लिनु पर्नेमा ३० हजार बढी असुली

२ बर्ष अगाडि

काठमाडौं - कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टिङ अपरेसन गरेका छन् । 

उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टिङ अप्रेसन गरेका हुन् । 

बाल्टिक होटलमा कोरिया जान लागेका ८३ जना बसेका थिए । उनीहरू त्यहाँ ५ दिनदेखि बसेको तर, सात दिनको पैसा मागेको पाइएको बताइएको छ । उनीहरूमध्ये धेरैले पैसा तिरिसकेको पाइएको छ । 

होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असुलेको पाइएको छ । तर, तिर्नुपर्ने रकम भने करीब १२ हजार मात्रै हुन आउने बताइएको छ । 

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न भनेका छन् ।  

२ बर्ष अगाडि

प्रतिक्रिया