भारतमा एकैदिनमा  ४३७ जनाको मृत्यु, संक्रमित र निको हुने कति ?

२ बर्ष अगाडि

काठमाडौं, भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख ११ हजार ४८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या ५३७ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयको भनाई छ । 

भारतमा कोरोनाका कारण पछिल्लो एक दिनमा ४३७ जनाको मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या चार लाख ६६ हजार ५८४ पुगेको छ । सोही अवधिमा १० हजार ९४९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कम हुदै गएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया