सामसुङले टेक्सास शहरमा करिब १ अर्ब ७ करोड डलर लगानीमा कम्प्युटर चिप प्लान्ट निर्माण गर्ने

२ बर्ष अगाडि

काठमाडौं - दक्षिण कोरियाली कम्पनी सामसुङले अमेरिकाको टेक्सास शहरमा करिब १ अर्ब ७ करोड डलर लगानीमा कम्प्युटर चिप प्लान्ट निर्माण गर्ने भएको छ ।

विश्व ब्यापीरुपमा विज्ञान तथा प्रविधिको क्षेत्रका उद्योगमा अत्यावश्यक पर्ने सेमिकन्डक्टरको अभाव भएपछी सामसुङले कम्प्युटर चिप प्लान्ट निर्माण गर्न लागेको हो । 

उक्त प्लान्ट निर्माणको काम सन् २०२२ बाट सुरु हुने बताइएको छ । कोरोना महामारीको कारणले बढेको बेरोजगारीको समस्या न्यूनीकरण गर्न पनि यो प्रोजेक्टले मद्दत पुर्याउने छ । 

कम्प्युटर चिप प्लान्ट निर्माणको समय अवधीभर करिब २० हजार मानिसले रोजगारीको अवसर पाउनेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया