आइपुग्यो १४ लाख स्मार्ट लाइसेन्स कार्ड, सबैले नपाउने

२ बर्ष अगाडि

काठमाडौं - फ्रान्सेली कम्पनी सेल्प एसएसएलले तोकिएको समय भन्दा डेढ बर्ष ढिलो गरि १४ लाख स्मार्ट कार्ड ल्याएको छ । 

यातायात विभागले मगाएको स्मार्ट लाइसेन्सका लागि अघिल्लो बर्षको असारमा टेण्डर आह्वान गरेको थियो । यातायात विभागले जिम्मा दिएको सो कम्पनीले १४ लाख स्मार्ट कार्ड ल्याए पनि नेपालमा स्मार्ट लाइसेन्सका माग अनुसार स्मार्ट कार्ड सेवाग्राहीलाई स्मार्ट लाइसेन्स दिन नसक्ने भएको छ ।

यातायात व्यवस्था विभागले १४ लाख स्मार्ट कार्ड आइपुगेको जानकारी दिएको छ । यो लटमा स्मार्टकार्ड नपाउने सेवाग्राहीले अर्को पटकको टेण्डरबाट कार्ड ल्याएपछि मात्रै लाइसेन्स पाउने बताइएको छ । 

सो कार्ड हाल भन्सारमा आइपुगेको छ । तर, ल्याइएको कार्ड भन्दा आठ लाख बढी सेवाग्राहीले लाइसेन्सका लागि मात्रै आवेदन दिएका छन भने अघिल्लो बर्षको लकडाउनदेखि अहिलेसम्म १५ लाख बढी नयाँ लाइसेन्सका लागि आवेदन दिएका छन । ट्रायल कटाउने मात्रै ७ लाख बढी रहेको विभागले जनाएको छ । 

अहिले विभागले विदेश जानेका लागि मात्रै अर्जेण्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ । अर्जेण्ट कार्डका लागि  यातायात व्यवस्था विभागसँग सिमित कार्ड मात्रै बाँकी छ ।

विभागले कार्ड अभावका कारण चालक अनुमति पत्र नवीकरणका लागि निवेदन दिएका सेवाग्राहीलाई समेत स्मार्ट कार्ड उपलब्ध गराउन सकेको छैन ।

विभागको अनलाइन आवेदनमा हाल अफिस समयमा बन्द गरिए पनि दैनिक २२ हजारले नयाँ लाइसेन्सका लागि आवेदन दिइरहेको र शुरु शुरुमा ५० देखि ७० हजारको संख्यामा लाइसेन्स आवेदक देखिएको ती अधिकारीको भनाई छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया