साइप्रसको एक कम्पनीले माग्यो नेपाली कामदार, रोजगारको मासिक तलब एक लाख ६ हजार माथि

२ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । पाफोस सहरमा रहेको panimax recruitment ltd कम्पनीले विभिन्न पदका लागि ८ जना पुरुष र १२ जना महिला गरी जम्मा २० जना नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ४१ हजार माथिदेखि एक लाख ६ हजार माथि पाउने छन् ।  इच्छुक कामदारले हेल्प ओभरसिज प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा मंसिर १६ र १७ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया