प्रेम गीत ३ को रिलिज मिति घोषणा, अन्तत फागुन १३ गते आउने

२ बर्ष अगाडि

काठमाडौं, प्रेम गीत ३ ले आफ्नो प्रर्दशन मिति घोषणा गरेको छ ।

प्रेम गीत ३ का अभिनेता प्रदीप खडकाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म फागुन १३ गते रिलिज हुने कुराको जानकारी गराएका छन् ।

यस्तै, फिल्मका निर्देशन सन्तोषले पनि फेसबुकका पोष्ट गर्दै फिल्म रिजिल हुने कुरा जनाएका छन् । 

पहिला फिल्म २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो । निर्माण टिमले फिल्मको रिलिजलाई मध्यनजर गर्दै टिजर र गीत पनि सार्वजनिक गरिसकेको थियो । तर, कोरोनाका कारण सरकारले चैत ६ गतेबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको रिलिज स्थगन भयो । 
 
लकडाउनकै समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाए । भारतका हलहरुमा फिल्म रिलिज गर्न उनले त्यहीँको भाषामा प्रख्यात डबिङ आर्टिस्टलाई लिएर फिल्मको डबिङ गरे । करीब एक वर्ष लामो मिहिनेत र दौडधुपपछि ‘प्रेमगीत ३’ हिन्दी भाषामा तयार भएको छ । साथै, फिल्मको भारतीय थिएटर (हल) राइट्स पनि बिक्री भएको छ । 
 
स्वं। छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक९नायिकाको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

Open photo

२ बर्ष अगाडि

प्रतिक्रिया