साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर प्रयोजनाको लागि १.३१ प्रतिशत नगद लाभांश गरी कुल कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

२ बर्ष अगाडि

प्रतिक्रिया