कालिका लघुवित्त १३ प्रतिशत र ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा

२ बर्ष अगाडि

काठमाडौं - दुई वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । कालिका लघुवित्त र ज्योति विकास बैंकले लाभांश घोषणा गरेका हुन् । 

कालिका लघुवित्त
कालिका लघुवित्त ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

ज्योति विकास बैंक लिमिटेड
ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर सहित ४।५ प्रतिशत नगद लाभांश गरी कुल कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया